Rule 68
सावधानी सूचनापाटी
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका सरसामान नेपाली तथा अंग्रेजीमा लेखिएको सावधानी सूचनापाटी राख्नु पर्नेछ ः–
(क) मोटर, जेनेरेटर, परिवर्तन यन्त्र (ट्रान्सफरमर) र अन्य प्रकारको विद्युत प्रतिष्ठान तथा त्यसलाई संचालन वा नियन्त्रण गर्ने सरसामान,
(ख) ४०० भोल्टभन्दा माथिल्लो भोल्टको विद्युत लाइनको लट्ठामा र एक्सरे बल्ने ट्यूव भएको लाइन बोर्डमा वा त्यस्तो उच्च फ्रिक्वेन्सी भएको प्रतिष्ठानहरु ।
(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको सबै विद्युत सामग्री वा प्रतिष्ठानमा सावधानी सूचनापाटी राख्न नसकिने भएमा त्यस्तो सरसामानको नजीकमा वा त्यस्तो सामग्री रहेको ठाउँमा वा प्रवेशद्वारमा राख्नु पर्नेछ ।